चितबन । जिल्लामा यस वर्ष बालिकामाथी हने बलात्कारका घटना सबैभन्दा बढी देखिएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बारे जानकारी दिन र वर्षभरीको घटनाहरुको समिक्षा गर्न चितबनमा आज आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु समेत समाबेश गर्ने गरेको छ । २०७६ पुस १७ देखि ०७७ मंसिरसम्म संकलन भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बारे कार्यक्रममा इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनुभएको थियो । प्रतिवेदनमा बालिका बलात्कारका ३६ महिला बलात्कार १५ , बालिका बलात्कार प्रयास ५ महिला बलात्कार प्रयास ७ ओटा घटना रहेको छ । यसैगरि हत्या ४ महिला ९ पुरुषमा ( एक) डेढ बर्षिय बालक र बाल यौन दुर्ववहार ६ बालिका घटना रहेको छ ।बहुविवाहमा १४ महिला आत्महत्या दुरुत्साहनमा ३ महिला , मानव बेचबिखनमा ४ महिला, बम बिस्फोट १ पुरुष , हात हतियार १ पुरुष र राज्य बिरुद्ध अपराध ५ पुरुष रहेको मानवअधिकार वर्षपुस्तकका लागि इन्सेकले समिक्षाको अबसरमा जानकारी गराएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मुना श्रेष्ठले मानव अधिकार संरक्षणका लागि प्रहरी , महिला अधिकारकर्मी, संचारकर्मी र र मानव अधिकारकर्मीहरुको सामुहिक प्रयास आवस्यक रहेको बताउनुभएको छ । उहाले अपराधका घटनाहरु प्रती सबैले बिरोध गर्नुपर्ने र अपराधका घटनाहरु लुकाउन नहुने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका प्रतिनिधि , यौनहिंसा बिरुद्ध साझा अभियानकी सहसंयोजक महिला अधिकारकर्मी संगिता भट्टराई , मानवअधिकारकर्मी राजेन्द्र पौडेल लगाएको उपस्थिती रहेको थियो ।








