काठमाडौँ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न बोलाइएको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन् । यस्तै, सत्ताारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलगायत नेताहरु पनि पुगेका छन् ।








