• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा सवारी दुर्घटना किन घटेन?

  •   मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना समस्या बनेको छ ।दुर्घटनामा चालक, पैदलयात्रु, सडकको अबस्था, वातावरण जस्ता कुराहरुले प्रत्यक्ष असर गरिरहेको हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा चितबनको पुर्व पश्चिम राजमार्गमा ६५ वटा सवारीसाधन दुर्घटनामा परेर ३४जनाको मृत्यु भएको थियो भने सो अवधिमा १सय ८ जना घाइते भएका थिए । त्यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा ५५ वटा सवारीसाधन दुर्घटनामा परेर २८ जनाको मृत्युु थियो भने सो अवधिमा १सय ८७ जना घाइते भएका थिए । पृथ्वी राजमार्गमा ३४ वटा सवारीसाधन दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको थियो भने सो अवधिमा ८२ जना घाइते भएका थिए । भरतपुर नगरमा ( रिङरोड)मा ४४ वटा सवारीसाधन दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको थियो भने सो अवधिमा ५६ जना घाइते भएका थिए । अन्य भित्री सडकमा ९७ वटा सवारीसाधन दुर्घटनामा परेर ४२ जनाको मृत्यु भएको थियो भने सो अवधिमा १२२जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा चितबनको पुर्व पश्चिम राजमार्गमा ६३ वटा सवारीसाधन दुर्घटनामा परेर २१जनाको मृत्यु भएको थियो भने सो अवधिमा १सय ४ जना घाइते भएका थिए । त्यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा ५७ वटा सवारीसाधन दुर्घटनामा परेर २४ जनाको मृत्युु थियो भने सो अवधिमा १सय १४जना घाइते भएका थिए । पृथ्वी राजमार्गमा ३२ वटा सवारीसाधन दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने सो अवधिमा ८४ जना घाइते भएका थिए । भरतपुर नगरमा ( रिङरोड)मा ४६ वटा सवारीसाधन दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको थियो भने सो अवधिमा ४९ जना घाइते भएका थिए । अन्य भित्री सडकमा ६३ वटा सवारीसाधन दुर्घटनामा परेर २९ जनाको मृत्यु भएको थियो भने सो अवधिमा १३५जना घाइते भएका थिए । चालू आर्थिक वर्ष को पाचँ महिनामा चितबनको पुर्व पश्चिम राजमार्गमा ५२ वटा सवारीसाधन दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ भने सो अवधिमा ७९ जना घाइते भएका छन् । त्यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा ३१ वटा सवारीसाधन दुर्घटनामा परेर ५ जनाको मृत्युु भएको छ भने सो अवधिमा ७१जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा १३वटा सवारीसाधन दुर्घटनामा परेर ७जनाको मृत्यु भएको छ भने सो अवधिमा १६ जना घाइते भएका छन् । भरतपुर नगरमा ( रिङरोड)मा २७ वटा सवारीसाधन दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने सो अवधिमा ४३ जना घाइते भएका छन् । अन्य भित्री सडकमा ४८ वटा सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने सो अवधिमा ९३जना घाइते भएका छन् । त्यस्तै यान्त्रिक गडबडीले पनि पछिल्लो समय धेरै दुर्घटना भएको पुरानो नारायणी यातायात व्यवसायी प्रालिका सदस्य गौतम कृष्ण न्यौपानेको अनुभव छ।उनले चालकले मोबाइल प्रयोग गर्दा पनि दुर्घटनाको जोखिम बढिरहेको बताए।यान्त्रिक तथा मानवीय कारण बाहेक सडकको समस्याले पनि बस दुर्घटना हुँदै आएको उनले बताए। सडक दुर्घटना हुने क्षेत्रको पहिचान गरी पूर्व सावधानी गराउने सूचकहरुको व्यवस्था मिलाउने गर्नु पर्छ । त्यस्ता स्थानहरुमा दुर्घटना हुन नदिन सुरक्षा बारको प्रबन्ध गर्ने र ट्राफिक संकेत र सडक फर्निचरहरुको यथोचित व्यवस्था मिलाउनु पर्दछ । सडकहरुको निर्माण मर्मतलाई प्राथमिकता प्राप्त आयोजनाको रुपमा राखी कार्य प्रभावकारी बनाउनु पर्छ । सहरी क्षेत्रमा अधिकांश सवारी दुर्घटना पैदल यात्रुको लापरवाहीका कारण हुने गरेको पाइन्छ । सहरी क्षेत्रमा भएका दुर्घटनामा मानवीय क्षतिको अवस्था हेर्ने हो भने मृतक वा अङ्गभङ्ग हुने ठूलो हिस्सामा पैदल यात्रु नै रहने गरेका छन् । जथाभावी बाटो काट्ने प्रवृत्तिका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने गरेको छ । त्यसैले जेब्रा क्रसबाहेक जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कारवाहीको दायरामा ल्याएर सडक अनुशासन कायम गर्न सकेमा दुर्घटना दर घटाउन मद्दत पुग्छ । त्यस्तै जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाकृष्ण भट्टले दुर्घटना हुने मुख्य तीन कारण सडक, साधन र चालक रहेको बताए । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको पाइएको छ । पुराना र थोत्रा सवारी साधनहरुमा समस्या आउने र दुर्घटनामा पर्ने गरेको पाइएको छ ।पछिल्लो समय दुर्घटना कम हुनुको साटो झनै बढेर गएको देखिएको छ । दुर्घटना न्यूनीकरणको लागि प्रहरी सधै क्रियाशील रहेपनि प्रहरी एक्लैको प्रयासले त्यति सम्भव देखिएको छैन । त्यसको लागि प्रहरी मात्र नभएर समाजका सबै सरोकारवाला निकायहरु दुर्घटना न्यूनीकरणको लागि लाग्न आवश्यक भैसकेको छ । सवारी दुर्घटनाको कारण भोलि राज्य र समाजको लागि केही गर्न सक्ने उमेर समूहका नागरिकको बढी ज्यान जाने गरेको समेत पाइन्छ । मैले अघि पनि भने प्रहरी एक्लैले दुर्घटना कम गर्छु भनेर लागेर मात्र हुँदैन । त्यसको लागि सबैको भूमिका त्यत्तिकै आवश्यक रहेको छ । सवारी चलाउने चालकदेखि यात्रुहरुबीच सामूहिक यात्रामा छौँ भन्ने भावनाको विकास हुन आवश्यक छ । हरेक सवारी चालकहरु मानसिक र शारीरिक रुपमा सवारी गन्तव्यमा पु¥याउन तयार छु भन्ने कुरा यात्रुहरुलाई जानकारी गराउन आवश्यक छ । जसले गर्दा यात्रु र सवारी चालक विच राम्रो समन्ध समेत कायम हुन्छ । अर्को कुरा सवारी चालकसँगै व्यवसायीले समेत आफ्नो गाडीको अवस्था कस्तो रहेको छ ? भन्ने कुरामा ख्याल गर्नुपर्छ । सवारी दुर्घटना हुनुको अर्को मुख्य कारण भनेको क्षमताको ख्याल नगरी सवारी चलाउनु पनि हो जसको कारण अधिकांश दुर्घटना हुने गरेको पाइएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.