काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण गराएका छन् । मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले थपिएका सदस्यलाई सपथग्रहण गराएका हुन् ।बालुवाटारमा जारी आफू निकट नेताहरुको भेलामा उनले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेका थिए । नयाँ कमिटी घोषणासँगै सम्बोधन गरेका ओलीले नयाँ थपिएका ५५६ आयोजक समितिका सदस्यहरुलाई शपथग्रहण गराएका हुन् ।








