चितवन । राप्रपा भरतपुर महानगरपालिका १४ मा गीरीधारी चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । राप्रपा चितवनले स्थानीय तहका वडामा वडा कार्य समिति गठन कार्य तीव्र बनाएसंगै मंगलबार भरतपुर १४ मा चापागाईको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जस्को उपाध्यक्षमाहरुमा राधा अधिकारी, रामबहादुर बिक, राजाराम घिमिरे, सचिवमा सरु परियार, सह(सचिवमा शंकर परियार, कोषाध्यक्षमा नमराज अघिकारी रहनु भएको छ । भने सदस्यहरुमा पुर्ण बहादुर भुजेल, मान बहादुर अधिकारी, रामबहादुर नेपाली, भिम बहादुर दर्जी, बाबुराम भट्ट, गोपाल श्रेष्ठ, सकुन्तला पौडेल, शान्ता गुरुङ, चन्द्र बहादुर तामाङ, त्रिलोचन आचार्य, बाबुराम परियारलाई चयन गरिएको छ । यस्तै महिला संयोजनमा राधा अधिकारी, दलित संयोजनमा रामबहादुर नेपाली, आदिवासी जनजाती संयोजनमा शान्ता गुरुङ र किसान संयोजनमा बाबुराम परियारलाई चयन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बडा संयोजक चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य एवं बागमति प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ कार्यसमितिलाई शुभकामना दिदै सबैले आफ्नो जिम्मेवारीपुरा गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई जरै देखि बलियो बनाउन वडा कमिटीले महत्वपुर्ण भुमिका खेल्ने उहाँको विश्वास ब्यक्त गर्नु भयो । सांसद गुरुङले राप्रापाको जन्म नै गाई र हलोबाट भएकोले समायोजन पछि छुट्ने आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले राप्रापा आगामी दिनमा कहिले पार्टी नफुट्ने समेत बताउनु भयो । कार्यक्रममा राप्रपा चितवन उपाध्यक्ष चेतनाथ वाग्ले, क्षेत्र नम्बर ३ का अध्यक्ष मदन पौडेल, महिला संघ चितवन अध्यक्ष गीता लम्साल, दलित संघ चितवन अध्यक्ष मिना पोखरेल, लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम रामबहादुर नेपालीले सञ्चालन गर्नु भएको थियो ।








