काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९ सयले घटेर ९४ हजारमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५० रुपैयाँले एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








