काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह यति बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र बोकेर निर्वाचन आयोगको कार्यालय पुगेको छ। ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। उनीहरूले आयोगमा सूर्य चिन्हमा दाबीसमेत गरेका छन्। निर्वाचन आयोगबाट पार्टीको नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएको पक्षले नै पाउनेछ।








