चितवन । जनता समाजवादी पार्टी जिल्ला कार्य समिति चितवनले आज बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको असम्बैधानिक अलोकतान्त्रिक कदम विरुद्ध प्रदर्शन गरिएको हो । भरतपुरको वीरेन्द्र क्याम्पस चोकबाट सुरु भएको बिरोध प्रदर्शन पुलचोकमा पुगि कोण सभामा परिणत भएको थियो । पार्टीका केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठले सरकारले गरेको असम्बैधानिक कदम तत्काल फिर्ता लिन माग गर्नुभयो । अहिलेको उपलब्धिको रक्षा गर्ने समयमा संबिधान माथि धावा बोल्नु खतरा भएको उहाँको भनाई थियो ।








