काठमाडौँ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्दैछ । मंगलबारबाट शुरु भएको बैठक विहिबार पनि जारी रहने भएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछि पार्टीको रणनीति कस्तो हुनुपर्छ भन्ने बारे अघिल्ला दिनमा धारणा राख्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।








