काठमाडौँ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पार्टी कार्यालय बल्खुको निरीक्षण गर्न पुगेका छन् । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्वय प्रचण्ड र नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरालगायत नेताहरु पार्टी कार्यालयको निरीक्षणका लागि पुगेका हुन् । उनीहरुले त्यहाँस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण पनि गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीचको आन्तरिक विवादको कारणले हाल नेकपा फुटको संघारमा छ । दुवैै पक्षले आफ्नो आफ्नो भेला र बैठक राखिसकेका छन् ।








