काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । तराई र पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागको मोसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








