हेटौँडा । प्रचण्ड माधव नेपाल समुहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताब गरेको छ । नेकपाको विभाजन पुर्व नेकपा बागमती प्रदेशकी इन्चार्ज समेत रहेकी शाक्यलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको लागि प्रस्ताब गर्दै आज बागमती प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश भएको सांसद सालिकराम जम्कट्टेलले खबरब्रेकलाई बताए । खबरब्रेकसँग कुरा गर्दै उनले भने : हामीले हामो पार्टीको सिनियर नेता अष्टलक्ष्मी जिलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको प्रक्रिया अघि बढाएका छौ, आशा छ केहिदिनमा यो विषय छिनोफानो हुन्छ ।अविश्वासको प्रस्तावको प्रक्रियालाई चाँडै छिनोफानोमा पुराउनको लागि आफुहरुले सभामुखलाई समेत भनिसकेको भन्दै उनले प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न नसक्ने दाबी गरे । मुख्यमन्त्री डोरमणी पौडेलले विश्वासको मत प्राप्त गर्ने कुनै आधारनै नभएको भन्दै उनले अब बागमती प्रदेशको मुख्यमन्त्री शाक्य हुने निश्चित रहेको समेत बताए ।








