काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। श्रममा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा, खानेपानीमा गौरीशंकर चौधरी, ऊर्जामा टोप बहादुर रायमाझीलाई जिम्मेवारी दिने तय भएको बालुवाटार स्रोतले बतायो । मन्त्री हुने सबै पूर्वमाओवादी हुन्। साँझ साढे ६ बजे सपथ कार्यक्रममा रहेको छ ।








