काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने र ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी रहेका छन्। उनीहरुलाई चन्दा असुलीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।








