• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हिन्दुराष्ट्रलगायतको माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयमार्फत् हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे ज्ञापनपत्र बुझाएको हो । पत्रमा भनिएको छ, ‘कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्थापुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ ।’ राप्रपाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्र:-

    सम्माननीय प्रधानमन्त्री ज्यु,
    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
    सिंहदरबार, काठमाडौं ।

    मार्फत : श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
    जिल्ला प्रशासन कार्यालय

    विषय : ज्ञापनपत्र ।

    समकालीन इतिहासको सम्भवतः सर्वाधिक कठिन घडीबाट यतिबेला मुलुक गुज्रिरहेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाल पनि नराम्रोसँग थलिएको छ । जसका कारण नेपाली जनजीवन मात्रै होइन नेपाली अर्थतन्त्रपनि नराम्रोसँग प्रभावित भएको छ ।
    प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा फसेको छ ।
    कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्थापुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ । त्यसअघि उपरोक्त विषयमा सरकार गम्भीर बन्न र राप्रपाले उठाएका विषयलाई सम्बोधन गर्न प्रमुख जिल्लाअधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै यो ज्ञापनपत्र पेश गरेका छौं ।
    राप्रपाकामागहरु :-
    (१) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथापूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस् ।
    (२) राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस् ।
    (३) संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरियोस् तथाधर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गरियोस् ।
    (४) बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गरियोस् । यस क्रममाः
    (क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरि दीर्घकालिन आर्थिक विकास योजना संचालन गरियोस् ।
    (ख) कम्तिमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वन गरियोस् ।
    (५) कोभिड–१९ को नियन्त्रणमा सरकार तदारुकताका साथलागोस् ।
    (क) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गरियोस् ।
    (६) भ्रष्टाचार बिरुद्ध नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । यस क्रममाः
    (क) विदेशमा लुकाएर राखिएका कालोधन देश भित्रल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोबार संलग्न  व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्ने काम तदारुकताका साथ कार्यान्वयन गरियोस् ।
    (ख) ३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।
    (ग) विना प्रतिस्पर्धा बुढिगण्डकी जलविद्युत आयोजना निर्माण र सञ्चालनको लागि दिईएको ठेक्का खारेज गरि उक्त आयोजना नेपालले नै निर्माण गरियोस् ।
    (घ) मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।
    (ङ) नेपाल वायुसेवा निगमले खरिद गरेको वाईड वडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविनगरि कानुन बमोजिम कार्वाही गरियोस् ।
    (च) २०४७ साल यताका उच्चपदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।
    (छ) ललितानिवास जग्गाकाण्ड, आयल निगम जग्गाखरिद भ्रष्टाचार, ओम्नीकाण्ड र यति समुह सम्वद्ध भ्रष्टाचार काण्डका अपराधीहरुलाई तत्काल कारवाही गरियोस् ।
    (ज) राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्ने ।
    (७) महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरियोस् ।
    (८) गौरक्षाको प्रभावकारी कार्ययोजना संचालन गरियोस् । यस क्रममाः
    (क) कानुनद्वारा दण्डनीय रहेको गौहत्यालाई नियन्त्रण गरियोस् ।
    (ख) प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गरियोस् ।
    (९) हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समुहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरियोस् ।
    (१०) पौष २७ गते पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्णजन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिईयोस् ।
    (११) राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरियोस् ।
    (१२) सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्वा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरियोस् । यस क्रममा पशुपतीनाथ, लुम्बिनी र  जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरियोस् ।
    (१३) प्रशासन, शैक्षिक संस्था, कुटनितिक नियोग, संवैधानिक अंग जस्ता नियकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्ने तथा पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्य अन्त गरियोस् ।
    (१४) छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गरियोस् तथा भारतसँगको खुलासिमा व्यवस्थित र नियमन गरियोस् ।
    (१५) कालापानी, लिपुलेक र सुस्तालगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कुटनीतिक पहल गरियोस्,
    (१६) नागरिकता सम्बन्धि विवाद सधैंका लागि अन्त्य गर्नः
    (क) प्रत्येक नेपालीले सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था कायम गरियोस् ।
    (ख) गैर नेपालीले समेत नेपाली नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् तथा गैर नेपालीले लिएको नागरिकता खारेज गरियोस् ।
    (१७) महिला विरुद्धहुने सबै प्रकारका हिंसा र विभेद अन्तगर्न सशक्त कदम चालियोस् ।
    (१८) कानुनद्वारा निषेधित सबै प्रकारका जातीय विभेद र छुवाछुत कानुन कडाईका साथ कार्यान्वयन गरियोस् ।
    (१९) स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाईएका दोहरो कर तत्काल खारेज गरियोस् ।
    (२०) विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मतदान गर्न पाउने गरी आवश्यक व्यवस्था आगामी आमनिर्वाचनबाट सुरु गरियोस् ।
    (२१)किसानले सहजढंगबाट रासायनिक मल, बिऊबिजन पाउने व्यवस्था गरियोस् । बर्सेनि मल, बिऊका लागि किसानले कष्ट भोग्नु पर्ने अवस्था सधैंका लागि अन्त्य गरियोस् ।
    (२१)उखु किसानले चिनीमिल सञ्चालकसँग भुक्तानी लिन हरेक वर्ष राजधानी आइ आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् ।
    (२२) दश कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गरियोस् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.