काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय टोलीले आइतबार साँझ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटघाट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी पदए । भेटका क्रममा उपमन्त्री यझाउले नयाँ वर्ष २०२१ का लागि चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले दिएको शुभकामना सन्देश सुनाएका थिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।








