चितबन। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामुलक साइकल र्याली सम्पन्न गरेको छ । चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजनामा १०० स्थान १०० साझेदारी , एक घर एक साझेदार निर्माणू भन्ने नाराका साथ सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो । बिहानको ८ः०० बजे भरतपुर महानगरपालिका वडा नं १० जिल्ला प्रहरी कार्यालय परिसरबाट सुरु भएको र्याली चौबिस्कोठी, पिपल चोक , यज्ञपुरी , धर्मचोक , शाहिदचोक , पुलचोक,पोखरा बसपार्क ,आँपटारी , मालपोत चोक हुँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पुगेर समापन गरिएको हो। र्यालीमा करिब ५० जनाले उपस्थिति जनाएका थिए । कार्यक्रममा भरतपुर महानगरको मेहर रेनु दाहालले सइकलको प्रयोग बाट मानिस स्वास्थ रहने बताउनु भयो । पहिले पहिले देखिनै साइकलको प्रयोग हुँदै आएको भन्दै उहाले मानिस स्वास्थ्य रहन सईकलको मुख्य भुमिका भएकोले नगरपालिकाले साईकललाई प्रयोगमा लाउन विभिन्न कार्यक्रम समेत गर्दै आएको बताउनु भयो । उहाले हालै ४ सय भन्दा बढि महिला र बालबालिकालाई महानगरले साईकल समेत बितरण गरिसकेको बताउनुभयो । प्रदेश नं ३ का माननीय सांसद मिलनबाबु श्रेष्ठ , सांसद गिता वाग्लेले कार्यक्रममा साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरेका गर्नु भयो । साईकल र्यालीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्टराई , जिल्ला ट्राफिक कार्यालय प्रमुख दयाकृष्ण भट्ट , उद्योग बाणिज्य सघंका प्रमुख राजु श्रेष्ठको उपस्तिथि रहेको थियो । र्यालीका सहभागीहरूलाई १००स्था न १०० साझेदारी , एक घर एक साझेदार निर्माण भन्ने नारा अंकित टि(सर्ट निःशूल्क उपलब्ध गराएको थियो ।








