काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान चिनियाँ उपमन्त्री नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मण्डलले बुढानिलकण्ठस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेको हो । भेटमा उपमन्त्री यझाउले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा देउवालाई राष्ट्रपति सि जिनपिङले चीन भ्रमणको निम्तो दिएका थिए । यस्तै, उनीहरुबिच दुई देशको सम्बन्ध र पछिल्ला राजनीतिक घटनाबारे छलफल भएको बताइएको छ । आइतबार नेपाल भ्रमणमा आएको उक्त टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरिससकेको छ ।








