चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० सिनर्जी रोडमा ‘ द वर्गर हाउस एण्ट क्रञ्चि फ्राईड चिकन’ को ५० औं आउटलेट चितवनमा सञ्चालनमा आउंँदैछ । अंँग्रेजी नयांँबर्षको अवसर पारेर भोलि (बिहीबार)देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । बुधबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वर्गर हाउसका सञ्चालक सुमित दवाडीले जानकारी गराएका हुन । कार्यक्रममा बोल्दै दवाडीले भरतपुरमा रहेका मेडिकल कलेज तथा शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै वर्गर हाउस सञ्चालनमा ल्याईएको बताए । ‘हाम्रो लक्षित वर्ग युवा, विद्यार्थी तथा स्वास्थ्कर्मी हुन उनले भने , ब्राण्ड कन्सियस र गुणस्तरीय प्रदान गर्न पनि खोलेका हौं ।’ वर्गर हाउसमा क्रञ्चि वर्गर, कफि, फाष्टफुडका परिकार सहित अर्डर अनुसारको परिकार पाईनेछ ।
एकपटकमा १सय २५ जनासम्मलाई सेवादिने यस हाउसमा आकर्षक इन्टेरियर, सभाहल एवं रेष्टुरेण्ट एण्ड बार रहेका्े छ । डेढ करोड लगानी भएको यस हाउसमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । गतबर्षको कात्तिक महिनाबाट निमार्णकार्यको थालनी भएपनि कोभिडका कारण निर्माणसामाग्री र जनशक्ति अभाव हुंँदा झण्डै १४ महिनापछि सञ्चालनमा ल्याईएको उनको भनाई छ । ‘सहुलियत मेनुमा अधिकतम सन्तुष्टी दिने उद्धेश्यले वर्गर हाउसको शाखा ल्याईएको हो ।’ दवाडीले भने २०७२ सालबाट औपचारिक रुपमा नेपालमा फ्रेञ्चाइज भित्रिएकोे यो हाउसको काठमाडौं, विराटनगर, पोखरा, लगायत देशका अन्य ४९ औं ठाउंमा शाखा सञ्चालनमा छन । चितवनमा ५० औ शाखाको रुपमा पहिलोपटक शाखा विस्तार गरिएको हो । आगामी दिनमा सेवाग्राहीको माग अनुसार अन्य ठाउंँमा समेत शाखा विस्तार गरिने दवाडीको भनाई छ । नयाँबर्षको अवसरमा सेवाग्राहीलाई सबै परिकारमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
डेढ करोड लगानीमा भरतपुरमा ‘द बर्गर हाउस’
डेढ करोड लगानीमा भरतपुरमा ‘द बर्गर हाउस’
- अ
- अ
- अ








