काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








