सांकेतिक तस्विर
काभ्रे । काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाभारत गाउँपालिका–१ स्थित् आरुबोटेका बेलबहादुर योन्जन, सुब्बा जिम्बा, रत्न बहादुर जिम्बा, श्रीलाल जिम्बा, कान्छारामा जिम्बा र नयाँ जिम्बा रहेका इलाका प्रहरी कार्यालय गोकुलेले जनाएको छ। प्रहरी टोलीले उनीहरुलाई २५ केजी गाईको मासु सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोकुलेका अनुसार पक्राउ गरिएका ६ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा पठाएको छ।








