फाइल तस्विर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकास गर्न माग गरेका छन् । आज काठमाडौंमा राजतन्त्र र हिन्दुराष्ट्र पुनस् स्थापनाको माग गर्दै भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । ‘नेपालमा अहिले धेरै गणतन्त्रवादी नागरिक हुनुहुन्छ, उहाँहरुको पनि सम्मान गर्नुपर्छ । तर अब हामीले अब विकास गर्ने राजनीतिक प्रणालीमा राजादेखि विप्लवसम्म अटाउन सक्नुपर्छ ।ु थापाले भने । नेपालको राष्ट्रिय स्वाभिमानमा कहिले दक्षिणबाट त कहिले उत्तरबाट लगातार प्रहार भइरहेको थापाको भनाई छ ।








