नवलरपरासी। किसानको उखु किनेबापतको रकम नदिएका र पक्राउ परेका पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल शुक्रबार तारेखमा छुटेका छन् ।उनलाई बिहीबार प्रहरीले बिरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्याएको थियो । अग्रवाल प्रहरी नियन्त्रणमा परे लगत्तै उद्योगले किसानहरुको भुक्तानी सुरु गरेको थियो । पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रुपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरुलाई इ–सेवा मार्फत भुक्तानी सुरु गरेपछि उद्योगी अग्रवाल तारेखमा छुटेका हुन् ।








