चितवन । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जिपको ठक्करबाट एउटा बाघको मृत्यु भएको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मृत्यु भएको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । हाल मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । बाघलाई पनि राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।








