• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रत्ननगरका मेयर नारायण वनको पहलमा चितवनमा कृष्णसार ल्याइदै,सम्भाब्यता अध्ययन सुरु

  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा चितवनको टिकौली चौरमा कृष्णसार ल्याइने भएको छ । दुर्लभ वन्यजन्तु कृष्णसार ल्याउन कार्यदलले स्थलगत अध्ययन थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत बनेको सम्भाव्यता अध्ययन कार्यदलले बासस्थान र आहारलाई प्राथमिकतामा राखेर अध्ययन थालेको हो । टिकौलीमा कृष्णसार स्थानान्तरण गर्ने गरी पुस ९ गते राष्ट्रिय स्तरमा कार्यदल बनाएको थियो । रंगशाला निर्माणको लागि सरकारले बजेट बिनियोजन गरेर पनि सफल हुन नसकेको टिकौलीचौरमा हरिण प्रजातीको कृष्णसार ल्याउने गरी अध्ययन सुरु भएको रत्ननगरका मेयर वनले बताए । कार्यदलका संयोजक तथा विभागका इकोलोजिष्ट हरिभद्र आचार्य नेतृत्वको टोलीले टिकौलीचौरको अबस्था,वासस्थान र आहार,स्थानान्तणको उपयुक्त समय,कृष्णसार राख्ने क्षेत्रको संरक्षण र व्यवस्थापनको मोडालिटी तथा अनुमानित लागतको विषयमा अध्ययन गरेको हो । कार्यदलले रत्ननगरको टिकौलीचौर कृष्णसारको बासस्थान र आहारको हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ । क्षेत्रफल सिमित भएपनि बासस्थान र आहारको हिसाबले टिकौलीचौर कृष्णसारका लागि उपयुक्त देखियो कार्यदलका संयोजक आचार्यले भने अझैपनि घाँस र पानीको श्रोतका बारेमा शुष्मरुपमा अध्ययन गर्नेछौं । टिकौलीचौरको ४० हेक्टर क्षेत्र कृष्णसारका लागि उपयुक्त रहेको छ । उक्त क्षेत्रफलमा पहिलो चरणमा २५ देखि ३० वटा कृष्णसार स्थानान्तरण गरेर ल्याउन सकिने उनको भनार्इं छ । सन १९६० मा नेपालमा कृष्णसारको संख्या ९ वटामा झरेको थियो । संरक्षणको प्रयोस गर्दागर्दै अहिले बर्दिया निकुञ्जको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा करिब ३०० र शुक्लाफाटा वन्यजन्तु आरक्षमा १२१ को हाराहारिका कृष्णसार रहेको तथ्याङक विभागसंग रहेको छ । संकटमा परिसकेको कृष्णसार पछिल्लो समय बृद्धि हुँदै गएको भन्दै इकोलोजिष्ट समेत रहेका कार्यदलका संयोजक आचार्यले यसलाई बचाउन साना साना कुरामा ध्यान दिनु पर्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.वाबुराम लामिछानेले कृष्णसारले खुल्लाचौर मन पराउने भएकोले टिकौली उपयुक्त हुने बताए । यो क्षेत्र कृष्णसारका लागि धेरै राम्रो र धेरै नराम्रो पनि होइन उनले भने बासस्थान र आहारको व्यवस्थापन गर्न सकियो भने अस्थित्व रक्षा गर्न सकिन्छ । रत्ननगरका मेयर वनले पर्यटन विकासको लागि कृष्णसार कोसेढुंगा सावित हुने भन्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए । कृष्णसार जोगाउन चुनौती हुन सक्छ उनले भने त्यसको सामना गर्न हामी तयार छौं ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.