नवलपुर । नवलपुर जिल्लामा शाही शक्ति नेपालको संगठन विस्तार गरिएको छ । शाही शक्ति नेपालले आज कावासोतीमा एक कार्यक्रमका बीच ४२ जनाको कार्यसमिति विस्तार गरेको हो । संगठनको पदाधिकारीहरुमा अध्यक्षमा राजेश मैनाली, बरिष्ठ उपाध्यक्षमा गोपाल केसी,उपाध्यक्ष द्धय हरी गौतम ,खेम प्रसाद बस्याल रहेका छन । यस्तै कोषाध्यक्षमा पिताम्बर भण्डारी,सचिवमा विष्णु रेग्मी,उपसचिवमा भोला विक , प्रवक्तामा गणेश खनाल र जिला अभियान्ता सागर गैरे चयन भएका छन ।
बाँकी अन्य सदस्यहरुमा चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथि सुनील कुमार क्षेत्री रहेका थिए । कार्यक्रममा बोल्दै क्षेत्रीले शाही शक्ति नेपाल पार्टीभन्दा माथि रहेको बताउंँदे सम्पुर्ण जनताको लागि संगठन स्थापना भएको बताए । बर्षौसम्म राजीनितिक पार्टीले देशलाई बन्दक बनाएको र जनताले दुःख पाएकोले राजसंस्था पुर्नस्थापना गर्नुको विकल्प नरहेको बताए । कार्यक्रम राजेश मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रवत्ता गणेश खनालले गरेका थिए ।
नवलपुरमा शाही शक्ति नेपालको संगठन विस्तार
नवलपुरमा शाही शक्ति नेपालको संगठन विस्तार
- अ
- अ
- अ








