काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी भएको छ । भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेकी सितालाई थप उपचारका भोलि भारत लैजाने तयारी भएको हो ।
स्रोतका अनुसार सीताले जिद्दी गरेको खण्डमा अध्यक्ष प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ । पुत्र वियोगमा विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित छिन् । सोही कारण पनि उनको खुशीका लागि प्रचण्ड मरिमेटेर लागिरहेका छन् ।
सितालाई यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।








