हेटौंडा । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल निकट केहि विद्यार्थीले मकवानपुरको हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । बिहिबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट नजिक उनिहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थी दोस्रो चरणको आन्दोलनमा छन् ।








