नवलपुर । अवैध रुपमा खोला उत्खनन गरेर खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा नवलपुर प्रहरीले बुधबार ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाँउपालीका वडा नं. २ जोगीकुटी स्थित रहेको विनयी खोला बाट ११ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले बिनयी खोलाबाट ट्र्याक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।








