चितवन । नेपाली काँग्रेस क्षेत्र नम्मर १ को आयोजनामा पुर्वि चितवनको टाँडी बजारमा बिशाल बिरोध प्रदर्शन हुने भएको छ । प्रदेस १ ख अन्र्तगत हुने बिरोध सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले संवोधन गर्ने क्षेत्रीय सभापति सुजन थापाले बताउनुभयो । केपि ओली नेतृत्वको सरकारले गरेको जवरजस्त संसद बिघटनको असवैधानीक कदमको बिरोध स्वरुप कार्यक्रम आयोजना गर्न लागीएको जिल्ल सह सचिव सुर्य अर्यालले बताउनभयो ।
पौष २५ गते देशभर बिरोध प्रर्दशन गर्ने भएको छ ।बिरोध कार्यक्रमको जानकारीका लागी क्षेत्रिय सभापति सुजन थापाको संयोजकत्वमा भएको छलफल कार्यक्रममा पुर्व शिक्षा मन्त्री शेसनाथ अधिकारी , क्षेत्र न १ का प्रतिनीधिसभा उमेदवार राजेन्द्र बुर्लाकोटि,क्षेत्र न १ का सभापति राजु सिल्वाल , जिल्ला सह सचिव सुर्य अर्याल जिल्ला प्रतिनिधी जिल्ला प्रवक्ता निता ढकाल ,नेपाली काग्रेशका नेता उत्तम आचार्य , रत्ननगरका नगर सभापति रुपन राज घिमिरे ,खैरहनि सभापति शशि खनिया ,क्षेत्र भित्रका २२ वडाका सभापति ,तरुणदल , नेपाल बिद्यार्थी संघ , महिला संघ लगायतको सहभागीता रहेको थियो ।
२५ गते हुने बिरोध रयाली टाँडी चोक बाट शुरु भएर बकुल्लहरमा पुगेर बिरोध सभामा परिणत हुनेछ । पुर्व निर्धारित कार्ययोजना अनुशार कार्यक्रम हुन लागेको अर्यालले बताउनुभयो ।वडा तह देखि सबै क्रियासिललाई कार्यक्रममा अनिवार्य उपस्थीती जनाई बिरोधसभालाई सफल बिन्दुमा पुरयाउन सघाउनका लागी आव्हान पनि गरिएको उहाँले बताउनुभयो ।यस अघि पहिलो चरणको बिरोधसभा गरीसकिएको र केपि ओली सरकारले संसद पुर्नस्थापना गरी नसच्चीए सम्म चरणवद्ध सडक आन्दोलनमा जाने नेपाली कांग्रेसले जनाएको छ ।
केन्द्रिय निर्णय अनुसार २५ गते ३३० प्रदेस सभा निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम हुने नेपाली काँग्रेसले जनाएको छ ।








