• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निर्वाचनमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

  •   बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। विघटित प्रतिनिधिसभा पुनः ब्युँतिए पार्टीलाई क्षति पुग्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा कांग्रेसलाई निर्वाचन नै उपयुक्त बाटो भएको बताएका छन् । बिहीबार देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका कांग्रेस कार्यकर्ताहरुसँग छलफल गर्दै देउवाले आफ्नो पार्टीका लागि निर्वाचन उपयुक्त अवसर भएकाले निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् ।

    प्रतिनिधिसभा पुनःस्र्थापना हुँदै नहुनेमा विश्वास दिलाउँदै देउवाले कार्यकर्ताहरुसँग भनेका छन्, ‘प्रतिनिधिसभा पुनःस्र्थापना भए कांग्रेस तेस्स्रो शक्तिमा पुग्छ, त्यसो हुँदा अहिले पाइरहेको प्रमुख प्रतिपक्षको हैसियत पनि गुम्ने स्थिति आउँछ । त्यसकारण अहिले पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, यो विरोधका कार्यक्रमलाई पनि चुनावी प्रचारका रुपमा उपयोग गर्नुहोस् र निर्वाचनमा हामी केन्द्रित हुन जरुरी छ ।

    ’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भइसकेको अवस्थामा प्रतिनिधिसभा पुनःस्र्थापना भए नेकपाकै एउटा समूह प्रमुख प्रतिपक्षको हैसियतमा पुग्ने देउवाको विश्लेषण छ । विघटित प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र सामानुपातिकमा ४० गरी ६३ सांसद थिए भने सत्तारुढ दल नेकपाको ११६ प्रत्यक्ष र समानुपातिकमा ५८ गरी १७४ सांसद थिए । नेकपा दुई समूहका विभाजित बनिहाल्यो भने कांग्रेस भन्दा नेकपाकै समूहको सिट संख्या धेरै हुने उनको अनुमान छ ।

    तर, कांग्रेसले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै दिन पदाधिकारीको बैठक बोलाएर प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै आन्दोलनमा जाने निर्णय गरिसकेको छ । सभापति देउवा चुनावमा जानुपर्ने पक्षमा भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्दोलनमा जानुपर्ने पक्षमा अझै अडिग छन् ।

    कांग्रेसले पहिलो चरणको आन्दोलन पूरा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले पुस २५ गतेदेखि वडास्तरदेखि देशव्यापी विरोधका कार्यक्रमको तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले भने कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.