काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा १ सयले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँमा रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








