हेटौंडा । मकवानपुरमा ८ जना लागु औषध गाँजा सहित ८ जना पक्राउ परेका छन् । शुक्रबार बिहान मनहरी गाउँपालिका वडा नंबर ८ सिमपानी स्थितपुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनाराबाट लागु औषध गाँजा ४४ के जी सहित ८ जना प्रकाउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरु ७ जना राक्सिराङ गाउँपालिका वडा नंबर २ का र एब जना कैलाश गाउँपालिकाका रहेका छन् ।
पक्राउ पर्नेहरुमा २२ वर्षीय सुजन प्रजा,२५ वर्षीय दिपक लामा,५२वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ्ग,३१ वर्षीय रतन सिङ्गतान,३६वर्षीय उद्धास ब्लोन,२५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नंबर ४ बस्ने ३४ वर्षीय सिताराम सिङ्गतान रहेका छन् । यसैगरि प्रहरीले बिहिबार राति मनहरी गाँउपालिका वडा नंबर ६ बाट लागु औषध गाँजा ८६ के जी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्तिहरु फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । उक्त लागुऔषध गाँजा ओसार पसारमा संलग्नहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








