काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
आज विहान ६ बजे काठमाडौंको वायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








