काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतले न्याय गर्ने बताएका छन् । अदालतले न्याय मर्न नदिने भन्दै थापाले संसद पुःस्थापना हुने बताएका छन् । शनिबार कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको विरोध सभामा सम्बोधन गर्दै थापाले वैशाखपछि के हुन्छ भन्ने कसैलाई थाहा नभएकाले देशको रक्षाका लागि संसद पुनःस्थापना हुनुपर्ने बताए । थापाले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न तयार रहेको भन्दै अहिले चुनावभन्दा संसद पुनःस्थापना पहिले हुनुपर्ने बताए । थापाले देशको मुद्दाबाट भागेर चुनाव नहुने भन्दै अब संसद पुनःस्थापनापछि आवधिक निर्वाचन हुने बताए ।








