• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कच्चा पदार्थको मूल्यमा भारी वृद्धि

  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाईल फोटो

    काठमाडौं ।  रड, स्टिल, प्लास्टिक लगायत उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएर आएपछि यहाँका उद्योगीले पनि रड, प्लास्टिकजन्य वस्तुको मूल्य बढाउन थालेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरतराज आचार्यले कोभिड संक्रमण घटे पनि अहिले अधिकांश औद्योगिक कच्चा पदार्थको मूल्य वृद्धि भएको बताए।

    ‘कोभिडको कारण ग्लोबल सप्लाई चेनमै असर पर्‍यो,’ आचार्यले भने, ‘त्यसैको प्रभावस्वरूप अहिले कच्चा पदार्थको मूल्य चार गुणासम्म वृद्धि भएको छ।’ कच्चा पदार्थको लागत, ढुवानी मूल्यमा वृद्धि हुँदासाथ नेपालमा अधिकांश औद्योगिक उत्पादनको मूल्य वृद्धि हुने उनले बताए। कच्चा पदार्थमा प्रतिटन दुई सयदेखि तीन सय डलरसम्म मूल्य वृद्धि भएको उनले बताए। ‘प्रायः सबै उद्योगको कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने अवस्था छ,’ आचार्यले भने, ‘अन्तर्राष्ट्रिय बजारको असर स्वतः नेपालमा पर्छ।’ खाना पकाउने ग्यास सिलिन्डर बनाउने एचआर सिटको मूल्य चार महिनाको अवधिमा शतप्रतिशत बढेको उद्योगीले बताएका छन्।

    अक्टोबरमा एचआर सिटको मूल्य प्रतिटन चार सय ३० डलर रहेकोमा जनवरीमा आठ सय २० डलर पुगेको छ। अक्टोबरमा चार सय ३० डलर रहेकोमा नोभेम्बरमा चार सय ७० डलर, डिसेम्बरमा ६ सय ६५ डलर र जनवरीमा आठ सय २० डलर पुगेको हो। चीनले कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि मूल्य भारी बढेको नेपाल सिलिन्डर प्रालिका निर्देशक अशोक श्रेष्ठले बताए। ‘चार महिनामा टनमा तीन सय ९० डलर बढेको छ,’ श्रेष्ठले भने, ‘चीनले निर्यातमा रोक लगाएपछि मूल्य बढेको हो।

    ’ नेपालमा भारतबाट कच्चा पदार्थ ल्याउने गरेको छ। सिलिन्डरको कच्चा पदार्थको मूल्य वृद्धि भएपछि खाना पकाउने ग्यासको रित्ता सिलिन्डरको मूल्यवृद्धि हुने बताए। पूर्वाधारमा प्रयोग हुने डण्डीको कच्चा पदार्थको मूल्य पनि वृद्धि भएको छ। प्रतिटन साढे तीन सय डलरमा आयात भइरहेको डण्डीको कच्चा पदार्थको मूल्य बढेर टनको पाँच सय ६५ डलर पुगेको पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले बताए। पञ्चकन्याले डण्डी उत्पादन गर्दै आएको छ। ‘भारत लगायत तेस्रो मुलुकमा कच्चा पदार्थको मूल्य वृद्धि भएको छ,’ श्रेष्ठले भने, ‘एक टनमै दुई सय डलरसम्म बढेको छ।’ कतिपय उद्योगले डण्डी बनाउन प्रयोग हुने बिलेट नपाएको पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठले बताए।

    ‘कच्चा पदार्थ नपाएर केही उद्योगले उत्पादन घटाएका छन्,’ श्रेष्ठले भने, ‘त्यसको असर बजारमा परेको छ।’ कच्चा पदार्थको मूल्य बढेपछि डण्डीको मूल्य किलोमा २५ रूपैयाँसम्म बढेको छ। किलोमा ५५ देखि ६२ रूपैयाँमा बिक्री भएको डण्डीको मूल्य बढेर ९० रूपैयाँ किलो पुगेको छ। कतिपय उद्योगले डण्डी बनाउन प्रयोग हुने बिलेट नपाएको पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठले बताए। ‘कच्चा पदार्थ नपाएर केही उद्योगले उत्पादन घटाएका छन्,’ श्रेष्ठले भने, ‘त्यसको असर बजारमा परेको छ।

    ’ यता सिमेन्टमा प्रयोग हुने कोइला लगायतको मूल्य पनि वृद्धि भएको सिमेन्ट उद्योगीले बताएका छन्। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापाले कच्चा पदार्थको मूल्य बढेकाले सिमेन्टको मूल्य बढाउन दबाब परेको बताए। दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका विभिन्न सामानमा प्रयोग हुने कच्चा पदार्थको मूल्य पनि वृद्धि भएको उद्योगीले बताएका छन्। प्लास्टिकका सामान बनाउन प्रयोग हुने प्लास्टिक दानाको मूल्य बढेको हो। प्रतिटन प्लास्टिक दानाको मूल्य आठ सय ५० डलरबाट बढेर १२ सय ५० पुगेको उद्योगी बताउँछन्।

    जुत्ता–चप्पलमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य १६ सय डलरबाट बढेर २३ सय पुगेको छ। प्लास्टिकको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा जुत्ता, चप्पलदेखि घरभित्र र बाहिर प्रयोग हुने प्लास्टिकजन्य वस्तुको मूल्यमा असर पर्छ। प्लास्टिकका भाँडा, झोला, बाटा, पाइप, गमला, बाटा, बाल्टी, ट्यांकी लगायत वस्तुको उत्पादन लागत वृद्धि भएको छ। प्लास्टिक दाना आयात भारत, दक्षिण अफ्रिका, सिंगापुर, युनाइटेड अरब इमिरेट्स लगायत मुलुकबाट आयात गर्ने गरेका छन्। कोभिडको कारण थला परेर सञ्चालनमा आउन थालेका उद्योग अहिले कच्चा पदार्थको कारण समस्यामा परेको गुनासो छ। कोभिडले बन्द भएका उद्योग अझै पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन्।

    अपेक्षित रूपमा औद्योगिक वस्तुको माग वृद्धि पनि भएको छैन। भन्सार विभागका अनुसार निर्माण क्षेत्रमा प्रयोग हुने स्टिल, फलाम र कोइलाको आयात घटेको छ। कोभिडको कारण निर्माण सामग्रीको माग वृद्धि हुन नसक्दा उद्योगले उत्पादन घटाएपछि कच्चा पदार्थको आयात पनि घटेको हो। निर्माण सामग्रीको माग सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा बताउँछन्। आजको नागरिक दैनिकमा खबर छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.