काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा १ हजार ३ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी प्रतितोलामा ६० रुपैयाँले घटेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








