काठमाडौँ । आज पशुपति मन्दिर बन्द हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार धनुर्मास पर्वका अवसरमा गएराति पूजाआजा गरिएकोले आज दिनभर धर्माबलम्बीका लागि मन्दिर पूजाआजा गर्न खुला नहुने भएको हो । प्रत्येक वर्ष धनुर्मास पर्वका अवसरमा पूजा गरेपछि २४ घण्टा मन्दिर बन्द गर्ने गरिन्छ । अब सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुल्नेछ ।








