काठमाडौँ । राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राती ९ः३० बजे दैलेखको चोरत्तामा शाहीको निधन भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । उनी पछिल्लोसमय विभिन्न रोगबाट ग्रसित थिए । उनले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । १९९४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनको भूमिका पनि महत्वपूर्ण थियो । शाही एन्फाका पूर्व महासचिव समेत हुन् । शाहीको सोमबार दिउँसो दैलेखमै अन्तिम संस्कार गरिने बताइएको छ ।








