काठमाडौं । देशका केही भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहनेछ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
प्रदेश १ र प्रदेश २ का एक-दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ ।








