काठमाडौं । नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ३ सय रुपैयाँमा रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा २० रपैयाँले बढेर एक हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








