फाइल तस्विर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्। नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने बताएका छन् ।
‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’ प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बहुमतबाट हटाउने तयारी संसद विघटनअघि नै गरिएको खुलासा समेत गरे । उनले ओली नसच्चिए पार्टीको बहुमतले हटाउने तयारीस्वरूप आफूले पार्टीमा प्रस्ताव पेश गरेको बताए ।








