नवलपुर । हिंसा बिरुद्दमा सधै आवाज उठाउन सक्नु पर्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले बताउनु भएको छ । पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीसँग प्रहरी कार्यक्रममा एसपी प्रकाश मल्लले सो कुरा बताउनु भएको हो । हिंसा जहाँ पनि हुन सक्छ , घर होस् वा समाज जहॉ पनि जुनसुकै रुपमा हिंसा भइरहेको हुन सक्छ , त्यस कारणले गर्दा पनि विशेष गरी छात्राहरुले हिंसाको विरुद्दमा सधै आवाज उठाउन सक्नु पर्ने बताउनु भयो ।
जहाँ जहाँ हिंसा हुन्छ , त्यहाँ आवाज उठाउने बानीको विकास गर्न सक्नु पर्ने मल्लको भनाई छ । कसैले हिंसात्मकरुपमा आक्रमण गर्न लाग्यो वा आफू हिंसामा परेको भन्ने अनुभुति भएमो १०० नम्वरमा डायल गर्न समेत प्रहरी उपरीक्षक मल्लले आग्रह गर्नु भयो । दुई दिन सम्म सञ्चालन हुने विद्यार्थीसँग प्रहरी कार्यक्रममा साइवर क्राइम, लगायत सामाजिक संजालबाट हुने अपराध र त्यसबाट बच्ने उपाय, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा हुने अपराध र त्यसबाट सुरक्षित रहने तरिका, लागूऔषधको सेवनबाट हुने असर र सुरक्षित रहने तरिका, घटनास्थलमा आफूमाथि आक्रमण हुँदा सुरक्षित रहने उपाय, साइवर बुलिङबाट पर्ने असर, घुम्न जाँदा अपनाउनुपर्ने उपाय, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिइनेको छ ।
साथै विद्यार्थीले राखेका जिज्ञासाको सम्वोधन समेत गरिने छ । सोमबार जिल्ला प्रहरी कार्यालय नवलपुर र कावासोती नगरपालिको संयुक्त आयोजनमा र जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीको सहयोगमा दुई दिने विद्यार्थीसंग प्रहरी कार्यक्रम सञ्चालन भएको हो ।








