काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् । हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर अरु न्यायाधीश यथावत राखिएको छ ।
इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ। संवैधानिक इजलासमा अबको केहीबेरमा मुद्दाको सुनुवाइ हुँदैछ।








