काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा १ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








