काठमाडौँ । नेकपा बहुमत पक्षको बागमती प्रदेशस्तरीय बृहत कार्यकर्ता भेला सुरु भएको छ । केहीबेर अघि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भेला सुरु भएको हो । भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका शिर्ष नेता उपस्थित छन् ।
संसद् विघटन गर्ने केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनरत नेकपा बहुमत पक्षले केहि दिनदेखि प्रदेशस्तरीय कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । मंगलबार मात्र प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।








