काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् । बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सरकारका काममा अवरोध गर्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै यस्तो चुनौती दिएका हुन् । सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु । प्रचण्डले भने । बरु पार्टीले राम्रो काम गर्नुस् भन्दा ओलीले उल्टोउल्टो काम गरेको उनले बताए । यसअघि प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताएका छन् । हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ। प्रचण्डले भने, केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौँ ।ु








