• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रत्ननगरको आठौं नगर सभा: बास्तविक भूमिहीनलाई लालपुर्जा दिने प्रस्ताब पारित

  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाको आठौं नगर सभाले बास्तविक भूमिहीनलाई मात्र लालपूर्जा वितरण गर्ने प्रस्ताब पारित गरेको छ । बुधवार सम्पन्न नगर सभाले भूमिहीनलाई लालपूर्जा वितरण सहित बजेट रकामान्तरको लागि कार्यपालिकालाई जिम्मेवारी दिने,मेयरसंग उद्यमशिलता कार्यक्रम सञ्चालनको लागि नेपाल बैंक संग गरेको सम्झौता लगायतका प्रस्तबा पारित गरेको हो ।

    नगर सभामा मेयर नारायण वनले प्रस्तुत गरेको बास्तविक सुकुमबासीलाई मात्र लालपूर्जा वितरण गर्ने लगायतका प्रस्ताबमा नगर सभाका सदस्यहरुले सहमति जनाउदै एकमतका साथ पास भएको थियो । सभामा मेयर वनले कुनै लोभ लालचमा नपरी बास्तविका सुकुमबासी र भूमिहीनलाई मात्र लालपूर्जा वितरण गर्ने आफुले नगर सभाबाट म्याण्डेड पाएको भन्दै सोही अनुसार नै काम गर्ने बताए । सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरणको लागि वडागत रुपमा फारम भर्ने काम भइरहेको भन्दै मेयर वनले अबको केही दिनमा लालपूर्जा सिरानीमा हालेर निदाउने सुकुमबासी समुदायको सपना पुरा गर्ने बताए ।

    सो नगरपालिकाले कोरोनाको प्रभावका कारण चालु आर्थिक बर्षको छ महिनामा निवियोजित बजेट मध्य १८ दशमलब १२ प्रतिशत मात्र खर्च भएको जनाएको छ । छ महिनामा चालु खर्च २१ दशमलब ९२ प्रतिशत,पूँजिगत खर्च १३ दशमलब ४७ प्रतिशत खर्च भएको लेखा अधिकृत कृष्णप्रसाद सुबेदीले जानकारी दिए । चालु आर्थिक बर्षको ६ महिनाको अबधिका सो नगरपालिकाले ४० प्रतिशत राजश्व संकलन गरेको छ । नगर सभामा राजश्व परामर्श समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा १० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको र पुस २८ गते सम्म ४ करोड १५ लाख ११ हजार रुपैया संकलन भएको जानकारी गराइन ।

    कोरोना महामारीको कारण विकास निर्माणका काममा ढिलाई भएका कारण बजेट खर्च कम भएको उपमेयर दुवाडीले बताइन । उनले कोरोनाका कारण आर्थिक क्षेत्र घरासायी बनेका कारण राजश्व संकलन सन्तोषजनक हुन नसकेको बताइन । नगर सभामा उपमेयर दुवाडीले योजना अनुगमन तथा सुपरीबेक्षण समिति,न्यायिक समितिको प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन । नगर सभामा लेखा समितिका संयोजक लाल बहादुर भट्ट, विधायन समितिका संयोजक तिलकशर्मा पौडेल,पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठ, विपद् वन तथा वातावरण समितिका संयोजक बलराम दाहाल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराईले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर सभामा मेयर नारायण वनले नगरपालिकाको अगुवाइमा नगर भित्र गौरबका योजनाहरु निर्माण भइरहेको बताए ।

    उनले नगरको गौरब योजना अन्तर्गत सम्भावित दुर्घटना न्यूनीकरण र बजारलाई व्यवस्थित गर्न टाँडीचोकमा आकासेपुल निर्माणकार्य सम्पन्न भइसकेको र अबको केही दिनमा उद्घाटन गरी सञ्चालनमा ल्याउने बताए । सौराहाको पर्यटनको विकासको लागि सौराहामा एक हजार ५०० अट्ने सिटीहल र वडा नं ९ मा होम स्टे सहितको इको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । चितवनमा थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टिकौलीचौरमा कृष्णसार ल्याउन प्रक्रिया सुरु भइसकेको भन्दै उनले पशुपालनलाई व्यवस्थित गर्न टिकौलीमै पशुपंछी हाटबजार निर्माणाधिन अबस्थामा रहेको बताए ।

    मेयर वनले नगरको शिक्षालाई अर्थपूर्ण बनाउन पाँच वटा सामुदायिक विद्यालय प्राविधिक शिक्षा सञ्चालन गरेको जानकारी दिए । नगर सभामा प्रस्तुत भएका योजनाहरु सर्बसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।
    फोटो छ ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.