काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा ८ सयले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








