काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । काठमाडौंबाट पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमको कारण हेलिकप्टर आकस्मिक अवतरण गरिएको बुझिएको छ ।








